ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साढे ४ अर्बको शेयर कारोबार भएको बजारमा सर्वाधिक हिस्सा अपर तामाकोशी हाइड्रोको (२ बजेको अपडेट)

२०७७ चैत, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत १९, काठमाडौं । बिहीवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक १३ दशमलव ४२ अंकले बढेर २ हजार ६३२ दशमलव ४४ विन्दुमा पुगेको छ । 

शून्य दशमलव ५१ प्रतिशतले बढेको बजारमा २१६ ओटा कम्पनीकोे रू. ४ अर्ब ५६ करोड ९४ लाख ७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये होटल्स तथा पर्यटन, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म अपर तामाकोशी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २२ करोड १५ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ८८३ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा जलविद्युत लगानी तथा विकास कम्पनी रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ४४९ मा रू. १७ करोड ७५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्