चैत १९, काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको हालै सम्पन्न वार्षिक साधारण सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
साथै सभाले कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना कामपा ४ बाट स्थानान्तरण गरी कामपा ३० मा कायम गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
उक्त कम्पनीले अन्य इजाजत प्राप्त घ वर्गका एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गर्न उपयुक्त देखिएमा सो सम्बन्धि आवश्यक कार्य गराउनको लागि सञ्चालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साथै सभाले सर्वसाधारण शेयरधनीको तर्फकाट राम प्रसाद पाण्डेलाई सञ्चालकमा नियुक्त गर्ने प्रस्ताव पनि सर्वसम्मत रुपमा पारित गरेको छ ।