ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साञ्जेन जलविद्युत् कम्पनीसहित ८ ओटा कम्पनीको शेयर मूल्य उच्च वृद्धि

२०७७ चैत, १९  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत १९, काठमाडौं । साताको अन्तिम दिन बिहीवार नेप्सेमा कारोबारमा आएका २१८ ओटा कम्पनीमध्ये आठ ओटा कम्पनीको शेयर मूल्य उच्च वृद्धि भएको छ ।

सबैभन्दा बढी साञ्जेन जलविद्युत् कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

त्यसैगरी युनाइटेड फाइनान्स कम्पनीको शेयरमूल्य ९ दशमलव ९५ प्रतिशत, किसान लघुवित्त वित्तीय संस्थाको ९ शदमलव ९५ प्रतिशत, वोमी लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९४ प्रतिशत, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ९ शदमलव ९४ प्रतिशत, अजोड इन्स्योरेन्सको ९ दशमलव ९१ प्रतिशत,श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको ९ दशमलव ७८ प्रतिशत र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयर मूल्य ९ दशमलव १६ प्रतिशतका दरले वृद्धि भएको हो । 

ती आठ ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्यमा वृद्धि भएको हो । 

वोमी लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया लघुवित्तको शेयर मर्जरका कारण रोकिएको शेयर कारोबार खुला भएसँगै लगानीकर्ताको आकर्षण बढेको हो । त्यसैगरी अजोड इन्स्योरेन्स कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेर साधारण सभा बोलाएसँगै कम्पनीको शेयर बढेको हो । 

 पछिल्लो समय कतिपय कम्पनीहरुको शेयर मूल्य मर्जर तथा प्राप्तिको हल्लाका कारण निरन्त बढिरहेको पाइएको छ ।केहि दिन अगाडि युनाइटेड फाइनान्सलाई पनि वाणिज्य बैंकले प्राप्ति गर्ने भन्ने चर्चा चलेको थियो ।

पुन : बिहीवार पनि उक्त कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि भएको छ । त्यसोत समाजिक सञ्जालमा केहि लगानीकर्ताले नभएको हल्ला फैलाएर सोझासाझा लगानीकर्ता महङ्गोमा शेयर खरीद गर्न बाध्य भएको गुनासो गरेका छन् । 

कम्पनीले आधिकारीक सूचना जारी नगर्दै कुनै पनि कम्पनीसँग जोडेर शेयर मूल्य बढाउनेलाई कारबाही गर्न  नियामक निकायले ध्यान दिनुपर्ने माग लगानीकर्ताहरुले गरेका छन् ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्