ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टोकियोमा धावनमार्गमै खुल्यो रेष्टुराँ

२०७७ चैत, १९  
र यो पनि
Image Not Found

चैत १९, टोकियो (जापान) । कोरोना भाइरसको महामारीका चपेटामा हवाई सेवा उद्योग आएको एक वर्षभन्दा धेरै हो । हवाई यात्राको माग घटेपछि धेरैजसो विमान सेवा प्रदायकका विमानहरु प्रयोगबिहिन भएर बसेका छन् । 

यस्तोमा कम्पनीहरुको ध्यान यी विमानहरु कसरी प्रयोगमा ल्याउने भन्नेतर्फ ध्यान गइरहेको छ । कहिले नक्कली बोर्डिङको सेवा दिए अनि केहीले विमान भित्र यात्रुहरुलाई बाँडिने खाजाहरुको विक्री पनि गरे । 

यसै जापानी विमान सेवा प्रदायक कम्पनी अल निप्पोन एयरवेज (एएनए)ले चाँहि टोकियोमा ग्राउन्डेड भएर बसेको विमानभित्रै पहिलो श्रेणीको खानाको सेवा दिन थालेको छ । कम्पनीले बुधवार हानेदा विमानस्थलमा पार्क गरेर राखिएको बोइङ ७७७ विमानमा यो सेवा शुरु गरेको हो । 

पहिलो दिनमै यसप्रति उपभोक्ताहरुको उत्साह देखेर कम्पनी यस महीना थप सेवा दिने भएको छ । विमानभित्रै बसेर खानपिनको अनुभव लिन सकिने यस अवसरलाई कम्पनीले पंखावाला रेष्टुराँको संज्ञा दिएको छ । 

विमानमा दुई खालको खाना उपलब्ध रहेको छ । पहिलो श्रेणीको खानाको लागि ५९ हजार ८०० येन पर्नेछ भने व्यवसायिक श्रेणीको लागि भने २९ हजार ८०० येन पर्नेछ । अप्रिलमा यो सेवा ११ दिनको लागि खोल्ने घोषणा कम्पनीले गरेको छ । यो सेवा दिउँसो र साँझ गरेर दिनमा दुई पटक उपलब्ध हुने बताइएको छ । 

विमानस्थलमा प्रयोगबिहिन भएर बसेको विमानको उत्तम प्रयोग कसरी गर्नेभन्नेबारे कर्मचारीहरुले दिएको अवधारणाको आधारमा सो सेवा शुरु गरिएको हो । गत हप्ता बृटिश एयरवेजले पनि क्याटरिङ पार्टनरमार्फत होम डेलिभरीका लागि पहिलो श्रेणीको मेनु सार्वजनिक गरेको थियो ।  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्