ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेकपाको फैसलामा पुनरवलोकन अनुमति नहुने

२०७७ चैत, २०  
समाचार
NA

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको सम्बन्धमा परेको मुद्दाको फैसलामा पुनरवलोकन गर्न अनुमति नदिने आदेश जारी गरेको छ ।   

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको पूर्ण इजलाशले पहिलाकै फैसला सही भएको ठहर गर्दै नेकपा विवादको मुद्दाका पुनरवलोकन अनुमति नदिने आदेश गरेको हो ।   

सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ऋषि कट्टेलको पार्टीको भएको र तत्कालीन नेकपा (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) कानूनी रूपमा अलग अलग पार्टी भएको भनी फैसला सुनाएको थियो । उक्त फैसलाको पुनरवलोकन गर्न यही फागुन १७ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल आफै सर्वोच्च अदालतमा पुगी पुनरवलोकन निवेदन दर्ता गराएका थिए ।   

पुनरवलोकन निवेदनमा गत फागुन २३ गतेको पैmसला सर्वोच्च अदालतको यसअघि प्रतिपादित नजीर र सिद्धान्तको प्रतिकूल गम्भीर त्रुटिपूर्ण रहेको हुँदा पुनरवलोकन हेरी त्रुटिपूर्ण आदेश बदर गरी संविधानअनुसार इन्साफ दिलाइपाऊँ भनिएको थियो ।
 
उक्त पुनरवलोकन निवेदनमाथि सुनुवाइ गर्न अदालतले अनुमति दिनुपर्ने हुन्छ । अदालतले पहिलाको फैसला सही भएको ठहर गर्दै आज पुनरवलोकनका लागि अनुमति नदिने आदेश जारी गरेको हो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्