ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डिसहोममा ‘खुसीको उडान’ योजना

२०७७ चैत, २०  
बजार
NA

काठमाडौं (अस) । डिसहोमले ‘खुसीको उडान’ योजना सुरु गरेको छ । ग्राहकलाई थप गुणस्तरीय सेवा दिने लक्ष्यसहित नयाँ योजना अघि सारेको कम्पनीले  बताएको छ ।

योजनाले सक्रिय ग्राहकलाई हरेक बिहीबार खास उत्साह र खुसी प्रदान गर्नेछ । योजनाअन्तर्गत हरेक साताको बिहीबार हुने लक्की ड्रबाट दुई भाग्यशाली जोडीले थाइल्यान्डको बैंकक भ्रमण अवसर पाउनेछन् ।

लक्की ड्रमा सहभागिता जनाउन ग्राहकले आफ्नो सदस्यतालाई डिसहोमका डिलरमार्फत फन्ड ट्रान्सफरबाट टप–अप गर्नुपर्नेछ । ई–वालेट एप्स् र रिचार्ज कार्डबाट रिचार्ज गरेर पनि यस योजनामा सहभागी हुन सकिनेछ । लक्की ड्र विजेताको घोषणा ग्राहकको सेटअप बक्समा भएको क्यास आईडीको आधारमा गरिनेछ । लक्की ड्रको सुरुआत चैत २६ गतेदेखि हुनेछ भने डिसहोमका रियालिटी टिभी, रमाइलो टिभी, सरोकार टिभी र डिसहोम सोकेस च्यानलमा हरेक बिहीबार ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

सक्रिय ग्राहकले नजिकैको डिसहोम डिलर वा डिसहोम ग्राहक सेवा केन्द्रमा सम्पर्क गरी योजनाबारे आधिकारिक जानकारी प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्