ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रभु क्यापिटलको शेयर बजार तालिम

२०७७ चैत, २०  
बजार
Image Not Found

काठमाडौं (अस) । प्रभु क्यापिटलले त्रिभुवन विश्वविद्यालयअन्तर्गतको सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टमा एमबीए तथा एमबीएमा अध्ययनरत विद्यार्थीका लागि शेयर बजारसम्बन्धी तीन दिने प्राविधिक विश्लेषण कार्यशाला तथा तालिम सम्पन्न गरेको छ । कार्यक्रम १७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको कम्पनीले जनाएको छ ।

तालिममा त्रिभुवन विश्वविद्यालय सेन्ट्रल डिपार्टमेन्ट अफ म्यानेजमेन्टअन्तर्गत एमबीए तथा एमबीएममा अध्ययनरत करिब ६० जना विद्यार्थी सहभागी थिए । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शेयर सचेतना अभिवृद्धिका लागि विभिन्न संस्थासँगको सहकार्यमा शेयर बजारसम्बन्धी तालिम सञ्चालन गरिँदै आएको कम्पनीले बताएको छ । वर्कसप तथा तालिम कार्यक्रमको सञ्चालन प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गानन्द झा र रिसर्च हेड अविरल नेपालले गरेका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्