ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नबिल बैंक पाँचौं पटक सम्मानित

२०७७ चैत, २०  
शेयर / बैङ्किङ गतिविधि
Image Not Found

काठमाडौं (अस) । आन्तरिक राजस्व विभागले आर्थिक वर्ष ०७५/७६ मा बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई सम्मान गरेको छ । बैंकले गत आर्थिक वर्षमा एक अर्ब ९० करोड रुपैयाँ सरकारलाई कर तिरेको थियो ।

विभागले गत मंसिरमा कर दिवस अवसर पारेर बैंकहरूमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने सूचीमा नबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिडको भयका कारण औपचारिक कार्यक्रम भएको थिएन । पछिल्लो १० वर्षमा उच्च कर भुक्तानी गरेको नबिल बैंकले यो पाँचौं पटक हो ।
 
बैंकले हाल ११९ शाखा,  १८५ एटीएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्टमार्फत ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्