ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गहुँ–जौको सट्टा सामूहिक स्याउखेती गर्दै जुम्लाका किसान

२०७७ चैत, २०  
प्रदेश ०५
Image Not Found

खलंगा । जुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामूूहिक स्याउखेती गरिने भएको छ । यसका लागि करीब १९ हेक्टर जमीनमा साढे ५ हजार स्याउका बिरुवा रोपिएको छ । जिल्लामा पछिल्लो समयमा सामूहिक स्याउखेतीमा यहाँका किसान आकर्षित भएका छन् । परम्परागत खेती प्रणालीले उत्पादन राम्रो नभएपछि किसानले सामूहिक लगानीमा स्याउखेती गर्न थालेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याउ सुपरजोन कार्यालयका प्रमुख नमराज भण्डारीले जानकारी दिए ।

‘तातोपानी–६ हिँयाखोलाका किसान मिलेर नमूना स्याउ बगैंचा बनाउन जुटेका छन् । यहाँ १ लाख ९० हजार वर्गमिटर (१९ हेक्टर) क्षेत्रफलमा साढे ५ हजार स्याउका बिरुवा रोपिएको छ,’ उनले भने । सो जमीनमा यसअघि गहुँ र जौ लगाउने गरिएको थियो । परम्परागत खेतीले आम्दानी नभएपछि अहिले स्थानीयवासी त्यहाँ सामूहिक स्याउखेतीमा आकर्षित भएको कार्यालयले जानकारी दिएको छ । समूहमा मिलेर खेती गर्दा लगानी र संरक्षणमा सहज हुने भएकाले सामूहिक रूपमा स्याउखेती शुरुआत गरिएको स्थानीयवासी देवीकन्या खड्काले बताए । हिँयाखोलामा रोजगारीका अवसर समेत छैनन् ।

बेरोजगार युवालाई रोजगारी सृजना गर्नेगरी सामूहिक स्याउ कृषिमा आपूmहरू जुटेको उनले जानकारी दिए । उनले भने, ‘गाउँ शैक्षिक र आर्थिक हिसाबले निकै पछाडि छ, गाउँमा एकजना पनि निजामती कर्मचारी छैनन् । सबै बेरोजगार छन् । कमाउने कुनै स्रोत छैन । अब यस बगैंचाले सिंगो गाउँको जीवनस्तर उठाउनेदेखि व्यवसायतर्फ स्थानीयवासीलाई अघि बढ्न मद्दत पुग्नेछ ।’

अहिले गाउँका अधिकांश युवा मजदूरीका लागि भारत जाने गरेका छन् ।  मालिका स्याउ उत्पादन समूहका अध्यक्ष जनक खड्काले भने, ‘स्याउ किसान स्याउखेतीबाटै आत्मनिर्भर बन्ने योजनाप्रति स्थानीय सरकारदेखि स्याउ सुपरजोन कार्यालयको पनि साथ छ ।’

ठूलो क्षेत्रफलमा फैलिएको हिँयाखोलामा समुदायस्तरबाटै नमूना स्याउ बगैंचा बनाउने स्थानीयवासीको प्रयासलाई सहयोग पुग्ने गरी स्याउ सुपरजोनले बिरुवामा ५० प्रतिशत अनुदान दिएको छ । घेराबारका लागि रू. २० लाख अनुदान दिएको छ । गाउँपालिकाले घेराबार र बिरुवा संरक्षणका लागि रू. ५ लाख बजेट दिने घोषणा गरेको उनले बताए ।

सो बगैंचाको घेराबारका लागि रू. ३९ लाख खर्च हुने अनुमान गरिएको परियोजनाले जानकारी दिएको छ । स्याउ बगैंचा पर्यटकीय दृष्टिले समेत राम्रो रहेको परियोजनाले जानकारी दिएको छ । सामूहिक कृषिखेती गर्न स्थानीय सरकारले आवश्यक सहयोग गर्ने गाउँपालिका अध्यक्ष नवराज न्यौपानले जानकारी दिए ।

कृषि क्षेत्रमा आत्मनिर्भर बनाउन किसानसँग सहकार्य गरी अघि बढ्ने गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायले बताए । परियोजनाले यहाँको चन्दननाथ नगरपालिका–९ मा १०० ओखरको सामूहिक खेती गरिएको जानकारी दिएको छ । जिल्लामा सो परियोजना कार्यान्वयनमा आएपछि  स्याउ र ओखरखेतीमा लागेका किसानलाई प्राविधिक ज्ञान र शीपमूलक तालीम सञ्चालन भइरहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्