ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

यती एयरलाइन्सको हरित योजना

२०७७ चैत, २०  
१० वर्ष अघि
NA

यती एयरलाइन्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुदूर पश्चिम हरित योजना ल्याएको छ । धनगढीमा रहेको रायिका टुर्स एन्ड ट्राभल्सको सहकार्यमा उक्त योजना ल्याइएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ । यस आयोजना अन्तर्गत एयरलाइन्समा धनगढी काठमाडौं वा काठमाडौं धनगढीका प्रत्येक यात्रुहरूले सुदूरपश्चिममा एक बिरुवा रोप्नेछन्  । योजनाअन्तर्गत धनगढी, राजपुर, डोटी र कञ्चनपुरमा गरी एक वर्षमा १० हजार बिरुवा रोप्ने लक्ष्य रहेको बताइएको छ । प्रत्येक एकतर्फी टिकटबाट रू. २० र दुईतर्फी टिकटबाट रू. ४० लिई योजनालाई सहयोग गर्ने कम्पनीले जनाएको छ । योजना सफल भएमा देशभरि नै यो योजना ल्याउन सकिने पनि कम्पनीले बताएको छ ।

एआईसीको उत्पादन क्षेत्रमा लगानी बढ्यो
एनआइसी बैंकले कुन कर्जाको ९० प्रतिशत लगानी उत्पादन क्षेत्रमा गरेको बताएको छ । चालु आवको चैत मसान्तसम्ममा बैंकको करिब रू.. १४ अर्ब कुल लगानी  रहेको छ । यो लगानी देशभरिका २ हजार उद्योग तथा व्यापारमा रहेको बताइएको छ । तीमध्ये ६ सयभन्दा बढी साना तथा मझौला उद्योग रहेका छन् । घरजग्गा कारोबारका लागि बैंकले जम्मा १० प्रतिशत मात्र लगानी  गरेको बताएको छ । बैंकले चालु आवको प्रथम नौ महिनामा गत वर्षका सोही अवधिको तुलनामा २७ प्रतिशतको वृद्धिदर हासिल गरेको छ । सोही अवधिमा रू. ३१ करोड ९० लाख खुद मुनाफा आर्जन गरेको बैंकले जानकारी दिएको छ ।

अंक  ४०, २०६७, जेठ २४–३०

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्