ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना त्रास बल्झिँदै

२०७७ चैत, २०  
पाठक विचार
NA

कोरोनाबाट संक्रमित हुनेको संख्या कम भएसँग जनजीवन सामान्य बन्दै थियो । तर, अहिले कोरोनाको दोस्रो लहर आउने त्रास फैृलिएको छ । विगतमा संक्रमण रोक्न बन्दाबन्दी र निषेधाज्ञाजस्तो कडा निर्णय सरकारले लिएको थियो । अहिले पनि त्यस्तै हुने हो कि भन्ने आशंका जनमानसमा फैलिएको छ ।

अहिले सत्तारूढ दलभित्रको किचलोका कारण सरकारको ध्यान कोरोनातर्फ कमै देखिएको छ । तर, संक्रमितको संख्या बढ्न थालेको छ । परीक्षण गराउनेको संख्या पनि निकै कम छ । सरकारले परीक्षणको काम नै लगभग रोकेको जस्तो देखिन्छ । व्यक्तिगत रूपमा शंका लागेर जचाउनेहरूको संख्या हो, अहिले भइरहेको परीक्षण । अहिलेको परीक्षणमा कम्तीमा पनि १ हजार रुपैयाँ तिर्नुपर्छ । त्यो पैसा तिर्नभन्दा तातोपानी खाएर बसे हुन्छ भन्ने सोच धेरै मानिसमा पाइन्छ । यही सोचका कारण कोरोना भित्रभित्रै व्यापक भइसकेको अनुमान गर्न सकिन्छ । उपत्यकामा गरिएको एक परीक्षणमा ३० प्रतिशत मानिसमा एन्टिजेन पाइएको थियो । यो भनेको कोरोना भाइरस संक्रमण भएर त्यसलाई जितेको भन्ने हो ।

दोस्रो लहरको सामना गर्ने मूल रणनीति भनेको संक्रमितलाई अरूको सम्पर्कमा आउन नदिनु नै हो । संक्रमणको शृंखलालाई भंग गरी विस्तारित हुन नदिने र जहाँ सक्रमितहरू फेला परेका छन्, त्यहाँ परीक्षण गरी त्यहाँबाट अन्यत्र फैलन नदिनु हो ।

यसका लागि भौतिक दूरी कायम गर्ने, मास्कको सही प्रयोग गर्ने, साबुनपानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने गर्नुपर्छ । तर, अहिले यसमा लापर्बाही निकै बढेको छ । कोरोना केही होइन, सामान्य रूघाखोकी हो भन्ने एकथरी पाइन्छन् भने अर्काथरी कोरोनाको नामै सुनेर तर्सिने खालका छन् । यी दुवैखाले सोच ठीक होइन । हेलचेक्र्याइँ गर्ने हो भने यसले निकै ठूलो समस्या निम्त्याउन पनि सक्छ । त्यसैले बन्दाबन्दी जस्ता कामभन्दा सचेत रही सावधानीपूर्वक आफ्नो काम गर्नु बढी उपयुक्त हुन्छ ।

समीर गौतम
भगवानपाउ, स्वयम्भू, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्