ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विकासको बाधक राजनीति ?

२०७७ चैत, २०  
पाठक विचार
NA

प्रधानमन्त्री केपी शर्मा ओलीको नारा ‘समृद्ध नेपाल ः सुखी नेपाली’ भन्ने छ । तर, त्यसअनुसार काम भएको छैन । अहिलेको मात्र होइन, यसअघिका सरकारले समेत विकास निर्माणलाई उच्च प्राथमिकतामा राखेर काम नगरेका कारणले नै नेपालको विकासको गति सुस्त भएको हो ।

संविधानसभाबाट संविधान बनिसकेपछि अब ढिलो चाढो देश आर्थिक विकासमा लम्कने अपेक्षा थियो । तर, नेताहरूलाई नागरिकका आर्थिक सपनाबारे चासै भएको देखिँदैन । हो, नेताहरूले नै विकासको सपना देखाएका हुन्, परिवर्तनका लागि आवाज उठाएका हुन् । उनीहरूकै कारण देशमा परिवर्तन आएको हो तर सत्ता प्राप्तिका लागि जसरी अहिले जुँगाको लडाइँमा व्यस्त छन् त्यसले गर्दा दोष नेताहरूमाथि नै लगाउनुपरेको हो ।

राजनीतिक प्रतिबद्धता विना देशको आर्थिक विकास सम्भव छैन । तर, नेपालमा राजनीतिक निकास कहिल्यै नहुने देखिन्छ । हरेक पटक विवाद गर्ने र सानातिना कुरामा पार्टी फुटमा लाग्ने प्रवृत्ति देखिन्छ । चुनाव र सत्ताप्राप्तिमात्रै लक्ष्य भएका नेताहरूको कारण यसो भएको हो । सिद्धान्त जति नै राम्रो भए पनि नेताहरूको व्यवहार त्यसअनुसार देखिएको छैन । दूरगामी सोच हुनुपर्नेमा त्यस्तो केही नभएको अहिलेको राजनीतिक परिदृश्यले स्पष्ट पार्छ । राजनीतिले विकासलाई डोर्‍याउने हो । देशको अर्थतन्त्रलाई कुन बाटोमा लैजाने भन्ने कुरा नेतृत्वको हातमा हुन्छ । तर, नेपालको राजनीतिक नेतृत्वमा आर्थिक दृष्टिकोण नै देखिएको छैन । जेल बसेको र संघर्ष गरेको आधारमा सरकार प्रमुख हुँदा उनीहरूले आर्थिक एजेन्डा नबुझ्नु स्वााभाविक हो । तर, उनीहरूले विज्ञहरूको सुझाव लिएर काम गर्न सक्छन् । हरेक पार्टीमा अर्थविद्हरू नभएका होइनन् । तर, सत्ता संघर्षमात्रैमा राजनीतिक नेतृत्व रमाउँदा आर्थिक पक्ष पूरै ओझेलमा परेको छ ।

निर्वाचनअघि विकासका ठूलाठूला कुरा गरेर नथाक्ने नेताहरूलाई ती काम गर्न कसैले रोकेको त पक्कै पनि होइन । तर पनि अहिले विकासको बाधकका रूपमा नेपालको राजनीति र राजनीतिक नेतृत्व नै रहेको मान्न सकिन्छ ।

सुजन अधिकारी
बालाजुहाइट, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्