ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रु रु जलविद्युत् परियोजनाको प्रिमियमसहितको आईपीओ आजदेखि विक्रीमा

२०७७ चैत, २०  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २०, काठमाडौं । रु रु जलविद्युत् परियोजनाले आज (शुक्रवार) देखि आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । 

पहिलो चरणमा आयोजना प्रभावित स्थानियमा आईपीओ जारी गरिसकेको कम्पनीले गत फागुन ७ गतेदेखि २१ गतेसम्म आयोजना प्रभावित गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं. ६ र ७ का स्थानीयहरुका लागि ४ लाख ७ हजार ७०५ कित्ता आईपीओ विक्री गरी चैत ९ गते बाँडफाँट गरिसकेको छ ।

कम्पनीले सर्वसाधारणमा ४ लाख ७ हजार ७०६ कित्ता आईपीओ जारी गर्न लागेको हो । कुल कित्तामध्ये ८ हजार १५४ कित्ता कम्पनीका कर्मचारीहरुलाई र २० हजार ३८५ कित्ता सामूहिक लगानीकोषका लागि सुरक्षित गरी बाँकी ३ लाख ७९ हजार १६७ कित्ता सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।  

स्थानियमा न्यूनतम अंकित मूल्य रू. १०० मै आईपीओ जारी गरेको कम्पनीले सर्वसाधारणमा भने प्रिमियम मूल्यसहित आईपीओ जारी गर्न लागेको हो । कम्पनीले अंकित मूल्य रू. १०० मा रू. २० प्रिमियम थप गरी प्रतिकित्ता रू. १२० मा सर्वसाधारणलाई आईपीओ विक्री गर्न लागेको हो ।

यो आईपीओ छिटोमा चैत २४ गते र ढिलोमा वैशाख ३ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिसम्म मात्र विक्रीमा रहने कम्पनीको भनाइ छ । यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम क्षमता रहेको संकेत गर्ने ग्रेड ३ रेटिङ प्रदान गरेको छ । आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ । 

हाल संस्थापकहरुबाट मात्र चुक्ता भएको पूँजी रू। ३२ करोड ६१ लाख ६४ हजार ४०० रहेको छ । सर्वसाधारणमा आईपीओ जारी पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड ७७ लाख ५ हजार ५०० पुग्नेछ । स्थानियसहित सर्वसाधारणमा रू. ४ करोड ७७ लाख ५ हजार ५०० बराबरको आईपीओ जारी गर्न कम्पनीले गत माघ २१ गतेनै बोर्डको स्वीकृति पाएको हो । 

उक्त कम्पनीले गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकामा ५ मेगावाट क्षमताको रु रु जलविदुत परियोजना निर्माण गरी विसं २०७१ साल चैत ९ गतेदेखि व्यापारिक उत्पादन शुरु गरेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्