ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उदयपुर गढीको पाँच ओटा गाउँमा पहिलोपटक बल्यो बिजुली

२०७७ चैत, २०  
प्रदेश ०१
Image Not Found

चैत २०, उदयपुर । सधैँ अन्धकारमा रहँदै आएको उदयपुर जिल्लाको उदयपुर गढी गाउँपालिकाको दुर्गम पाँच ओटा गाउँमा पहिलोपटक बिजुली बलेपछि यतिखेर त्यस क्षेत्रका जनता हर्षित बनेका छन् । 

उदयपुर गढीको विकट गाउँ घ्याम्पे, भलायाडाँडा, मैनीटार, पात्ले र सत्यवतीमा पहिलोपटक बिहीबार बिजुली पुगेको हो । उदयपुर गढी गाउँपालिकाका उपाध्यक्ष सानुकुमारी राउतका अनुसार गाउँपालिकाको विकट पाँच गाउँ करीब १५० घरधुरीमा बिहीवार पहिलोपटक बिजुली पुगेको छ ।  

प्रदेश सरकारको रू. एक करोड २० लाख र बलान सामुदायिक वनको रू. सात सात लाख गरेर कुल रू. एक करोड २७ लाखको बजेटमा ती दुर्गम गाउँमा विद्युत् विस्तार गरिएको हो । 

पहिलोपटक बिजुली बलेपछि मैनीटारका ६७ वर्षीय गणेश अधिकारीले भने, ‘यस क्षेत्रमा बिजुली आउँछ भन्ने कुरा सपनामा पनि सोचेको थिइनँ तर आज सपना पूरा भयो, विपनामा नै बिजुली बल्यो विकास भनेको त यो पो हो ।’ सिरहा लहान शाखाको बलान कद्माहा खण्ड हुँदै उदयपुर गढी गाउँपालिकाको ती दुर्गम गाउँमा पहिलोपटक विद्युत् विस्तार भएको हो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्