चैत २०, काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सभाले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । १० प्रतिशत बोनस शेयर वितरण पछि कम्पनीको पूँजी रू. १४ करोड ६४ लाख पुगेको छ ।
कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रू. २ करोड २८ लाख नाफा कमाएको हो । गत आवको दोस्रो त्रैमासमा कम्पनीले रू. १ करोड २ लाख नाफा कमाएको थियो ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. ३४ दशमलव ४० र प्रतिशेयर नेटवर्थ रू.१२४ दशमलव १४ रहेको छ ।
हालसम्ममा कम्पनीले ३४ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।