ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा गणना शुरु

२०७७ चैत, २०  
सुदूरपश्चिम प्रदेश
Image Not Found

चैत २०, कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बिहीवारदेखि दुर्लभ वन्यजन्तुको सूचीमा रहेको एकसिंगे गैँडा गणना गर्ने कार्य शुरु भएको छ । गैँडा गणनका लागि १२ हात्तीसहित आठ प्राविधिक र १० व्यवस्थापकलाई परिचालन गरिएको छ ।

निकुञ्ज क्षेत्र, मालुमेला र बेल्डाँडी गरी तीन ओटा ब्लकमा गैँडा गणनाको कार्य गरिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जामगरले बताए । ‘गणनाको कार्य एक हप्ताभित्रै सम्पन्न गर्ने गरी शुरु गरेका छौँ”, उनले भने, ‘गणनाको कार्यसँगै गैँडाको बासस्थान र अवस्थाबारे समेत जानकारी लिइने छ ।’ 

प्रत्येक चार वर्षको अन्तरालमा निकुञ्जमा गैँडा गणनाको कार्य हुँदै आएको छ । निकुञ्जमा १७ ओटा गैँडा संरक्षित रहेका छन् । तीमध्ये १० ओटा भाले, पाँचओटा पोथी र दुई ओटा केटाकेटी संरक्षित रहेका छन् । 

गैँडाको वासस्थान र सुरक्षाको अवस्था सुदृढ गरिएपछि निकुञ्जमा गैँडाको संख्या बढ्दै गएको छ । पहिलोपटक सन् २००० मा चितवन राष्ट्रिय निकुञ्जबाट स्थानान्तरण गरी चारओटा गैँडा शुक्लाफाँटामा ल्याइएको थियो । 

त्यसपछि सन् २०१७ मा पाँचओटा गैँडा निकुञ्जमा ल्याइएको थियो । स्थानान्तरण भएको दुई दशकपछि गैँडाको संख्या सन्तोषजनक रूपमा वृद्धि हुँदै गएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्