ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भारतीय पूँजीबजारमा सन् २०१८ पछि कै तुलनामा धेरै आईपीओ निष्कासन

२०७७ चैत, २०  
लगानी
Image Not Found

चैत २०, नयाँदिल्ली । सन् २०२१ को पहिलो त्रैमासमासम्ममा भारतमा १७ ओटा कम्पनीले आईपीओ निष्कासन गरेका छन् । उक्त त्रैमाससम्ममा भारतको पूँजीबजार बुलिश टेण्डमा रहेको छ ।

जनवरीदेखि मार्च महीनाको अवधिमा विभिन्न क्षेत्रसँग सम्बन्धित् कम्पनीले आईपीओ मार्फत् १८ हजार ८८० करोड भारु जुटाएका छन् । यो अवधिमा सन् २०१८ पछि कै धेरै परिमाणमा आईपीओ निष्कासन भएको छ ।  

सन् २०१८ को पहिलो  त्रैमासमा भने १४ ओटा कम्पनीले आईपीओ निष्कासन गरेका थिए, जसबाट ती कम्पनीहरुले १९ हजार २७५ करोड भारु जुटाएका थिए ।

विश्वव्यापी तरलता बढेका कारण ती कम्पनीहरुले एकपछि अर्को आईपीओ जारी गर्ने क्रम बढेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । हाल भारतीय बजारमा दोस्रो बजार बुलिश ट्रेण्डमा रहेको छ भने प्राथमिक बजारमा पनि त्यतिकै आकर्षण रहेको छ ।

पहिलो त्रैमासमा भारतको बेञ्चमार्क इन्डेक्स ३ दशमलव ५ प्रतिशतले वृद्धि भएको छ । यो अवधिमा अन्य इन्डेक्सहरु पनि बढेका छन् ।

यता नेपालमा भने विसं २०७७ को चैत महीनाको दोस्रो सातासम्ममा विभिन्न क्षेत्रसँग सम्बन्धित जम्मा १८ ओटा कम्पनीले  आईपीओ निष्कासन गरेका छन् । ती कम्पनीले जारी  गरेको आईपीओबाट  करीब १३ अर्ब रुपैयाँ बराबरको लगानी जुटाएका छन् ।

उक्त अवधिमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले हालसम्मकै ठूलो परिमाणको आईपीओ गत माघ २ गते निष्कासन गरेको थियो । कम्पनीले ८ अर्ब रुपैयाँबराबरको आईपीओ विक्री गरेर लगानी जुटाएको छ। एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्