ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइएमई रेमिट बन्यो विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनी 

२०७७ चैत, २०  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २०, काठमाडौं । आइएमई रेमिट विप्रेषणतर्फ सबैभन्दा धेरै आयकर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । 

आन्तरिक राजस्व विभागद्वारा बिहीवार आयोजित एक समारोहबीच नेपाल सरकार, अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सम्मानपत्र प्रदान गरेका हुन् ।

आन्तरिक राजस्व विभागले कर दिवसका अवसरमा गत मंसिरमा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेकोमा यो सूचीमा आइएमई विप्रेषण क्षेत्रमा पहिलो कम्पनीमा पर्न सफल भएको हो । 

बिहीवार आन्तरिक राजस्व कार्यालयले एक समारोहबीच सबैभन्दा बढी आयकर तिर्ने कम्पनीका रुपमा आइएमई रेमिटलाई सम्मान गरेको हो । 

यो कुराको घोषणा गत मंसिरमा कर दिवसको उपलक्ष्यमा गरिए पनि कोभिड-१९ कारण कार्यक्रमहरु गर्न बन्देज लगाइएकोले सम्मानको कार्यक्रम औपचारिकरुपमा हुन सकेको थिएन । 

यसअघि यस आइएमईलाई लगातार तीन पटकसम्म नेपाल सरकारले यो सम्मान प्रदान गरिसकेको छ । नवौँ राष्ट्रिय कर दिवसका अवसरमा  आइएमई सहित ती कम्पनीहरुलाई सम्मान प्रदान गरिएको छ । 

आइएमई रेमिट नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करीब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत सेवा दिइरहेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्