ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अवैधरुपमा बालुवा उत्खनन् गर्ने ट्याक्टर नियन्त्रणमा

२०७७ चैत, २१  
सुदूरपश्चिम प्रदेश
Image Not Found
फाइल फोटो

चैत २१, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं २ र ५ भएर बग्ने मछेली नदीबाट अवैधरुपमा बालुवा उत्खनन् गर्ने वर्ष २६ का आकाश रानालाई ट्याक्टरसहित प्रहरीले  शुक्रवार नियन्त्रणमा लिएको छ । 

से १ त ८२५९ नम्बरको ट्याक्टरमा निषेधित क्षेत्रबाट बालुवा उत्खनन् गरिरहेको अवस्थामा रानालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि नगरपालिका कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए । 

यसअघिसमेत प्रहरीले दुई जनालाई अवैधरुपमा बालुवा उत्खनन् गरिरहेका बेला नियन्त्रणमा लिई नगरपालिका कार्यालयमा बुझाएको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्