ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आइएमई जनरलले आव्हान गर्‍यो २३औं वार्षिक साधारण सभा, हकप्रद र लाभांशको प्रस्ताव 

२०७७ चैत, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २१, काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले वैशाख १२ गते २३औं वार्षिक साधारण सभा आव्हान गरेको छ । 

कम्पनीले आफ्नै केन्द्रिय कार्यालय, नक्साल, काठमाडौंमा बिहान १० बजेका लागि सभा बोलाएको हो । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो । 

सभाले शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, बोनस शेयर वितरण पश्चात कायम चुक्तापूँजीको ४० प्रतिशत (१०:४) का दरले हकप्रद शेयर जारी गर्ने भएको छ ।

सभाको अन्य प्रस्तावमा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको शेयर संरचना संस्थापक समूहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समूहतर्फ ४९ प्रतिशत कायम गर्ने गरी प्रवन्धपत्र संशोधन गर्ने रहेको छ । 

साधारण सभा र लाभांश प्रयोजनका लागि वैशाख २ गतेदेखि १२ गतेसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा वैशाख १ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्