ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ आइपुग्यो डिम्याट खातामा 

२०७७ चैत, २१  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

चैत २१, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको शेयर डिम्याट खातामा देखिएको छ । 

कम्पनीको शेयर जेएलआईको स्टक कोडबाट डिम्याट खातामा देखिएको  हो । कम्पनीले फागुन २१ गते देखि २६ गते ६६ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि, ३ लाख ३० हजार कित्ता कर्मचारीको लागि र ३ लाख ३० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो । 

उक्त आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको थियो । जसमध्ये ४४ हजार ६४५ जनाको आवेदन रद्द भएको थियो । ५ लाख ९४ हजार जना आवेदकले १० कित्ता दरले शेयर पाएका थिए । 

कम्पनीको शेयर मूल्य नेपाल स्टक एक्सचेञ्ज(नेप्से) बाट पहिलो कारोबारको लागि ओपन रेञ्ज रू. १३२ दशमलव ९४ देखि ३९८ दशमलव ८२ पाउने देखिएको छ । नेप्सेले पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने भएकाले उक्त रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको आव २०७६/ ७७ को प्रतिशेयर नेटवर्थ रू. १३२ दशमलव ९४ रहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्