चैत २१, काठमाडौं । साञ्जेन जलविद्युत् कम्पनीले सञ्चय कोषका सञ्चयकर्ताको डिम्याट खातामा शेयर पठाएको छ ।
कम्पनीले सञ्चय कोषका सञ्चयकर्ता संस्थापक शेयरधनी, कम्पनीका कर्मचारीहरु (नेपाल विद्युत् प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी लिमिटेड, जिल्ला विकास समन्वय समिति अन्तरगतका कार्यालयहरु) र सञ्चय कोषका कर्मचारीहरुको लागि विसं २०७४ चैत १८ गते बाँडफाँट गरेको थियो ।
कम्पनीले उक्त शेयर सोहीसमयदेखि बाँडफाँट भएको तीन वर्ष भइसकेकाले सम्पूण शेयर शेयरधनीको डिम्याट खातामा पठाएको बताएको छ ।अव शेयरधनीले उक्त शेयर नियमित रुपमा खरीदविक्री गर्न पाउने छन् ।