चैत २१, काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शुक्रवार चितवनको सौराहास्थित होटल मोनालिसामा सम्पन्न भएको हो । सभाले १५ प्रतिश बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस शेयर वितरण पछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ६२ लाख पुग्नेछ । साथै सभाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
हालसम्ममा कम्पनीले १२४ ओटा शाखा कार्यालयहरुबाट लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।