ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साताको शेयर कारोबार :  कुल बजार पूँजीकरण रकम हालसम्मकै उच्च, परिसूचकमा  ८२.९३ अंकको वृद्धि 

२०७७ चैत, २१  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २१, काठमाडौं । यो साता शेयर बजार २ हजार ६३१ दशमलव ८९ विन्दुमा बन्द भएको छ ।

गत साताको अन्तिम कारोबार दिन चैत १२ गतेको तुलनामा नेप्से परिसूचक ८२ दशमलव ९३ अंक माथी उक्लिएको हो । गत साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २ हजार ५४८ दशमलव ९६ विन्दुमा थियो ।

यो साता पहिलो कारोबार दिन आइतवार होली पर्वको सार्वजनिक बिदा परेकाले चार कारोबार दिनमात्र शेयर कारोबार भएको छ । चार कारोबार दिनमा नेप्से परिसूचक सोमवार ५ दशमलव ४५ अंकले घटेको छ भने पछिल्लो तीन कारोबार दिन निरन्तर बढेको छ ।

मंगलवार नेप्से परिसूचक ३२ दशमलव १५ अंक, बुधवार ४३ दशमलव ३६ अंक र बिहीवार १२ दशमलव ८८ अंकले बजार बढेको हो ।यो साता कारोबार रकम र कारोबार कित्ता बाहेकका अन्य महत्वपूर्ण सूचकहरु सकारात्मक रहेका छन् ।

चार कारोबार दिनमा तीन दिन बढेको बजारको कुल बजार पूँजीकरण रकम रू. ३६ खर्ब ३५ अर्ब ४८ करोड ५० लाख ८७ हजार कायम भएको छ । कुल बजार पूँजीकरण हालसम्मकै उच्च कायम भएको हो । गत साता यो रकम रू. ३५ खर्ब २० अर्ब २२ करोड ७० लाख ५४ हजार थियो । 

कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा ओगटेको नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य यो साता बढेको छ । कम्पनीको अन्तिम शेयरमूल्य चैत १९ गते रू. १ हजार २८० कायम भएको छ ।

गत साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य रू. १ हजार २१७ रहेको थियो । साताको चार कारोबार दिनमा नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६३ ले बढेको हो । गत साता रू. १ खर्ब ८२ अर्ब ५५ करोड रहेको कम्पनीको कुल बजार पूँजीकरण यो साता रू. १ खर्ब ९२ अर्ब कायम भएको छ ।

नेप्से परिसूचकसँगै यो साता ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स १६ दशमलव ११ अंक माथि पुगेको छ । गत साता ४५० दशमलव ३१ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४६६ दशमलव ४२ विन्दुमा पुगेको छ ।

गत साताको तुलनामा यो साता कारोबार रकम र कारोबार कित्ता भने कम भएको छ । चार कारोबार दिनमा यो साता रू. २४ अर्ब १ करोड ३८ लाख २८ हजार बराबरको शेयर कारोबार भएको छ ।

गत साता पाँच कारोबार दिनमा यो रकम रू. २९ अर्ब ५८ करोड ८२ लाख ८९ हजार रहेको थियो । कारोबार रकम यो साता रू. ५ अर्ब ५७ करोड ४४ लाख ६० हजार कम भएको हो ।

एक दिन कारोबार नहुँदा कम्पनीको कारोबार रकम र कित्ता घटेको हो । गत साता उक्त रकम बराबरको ६ करोड ३१ लाख २१ हजार ६४ कित्ता शेयर कारोबार भएकोमा यो साता ४ करोड ७० लाख २१ हजार ७४ कित्ता शेयर कारोबार भएको छ ।

यो साता १ करोड ६० लाख ९९ हजार ९९० कित्ता कम शेयर कारोबार भएको छ ।

यो साता भएको कारोबार अवस्था :

                                                        स्रोतः नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्