ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रधानमन्त्रीद्वारा एकैपटक १६५ ओटा सडकको शिलान्यास

२०७७ चैत, २१  
समाचार
Image Not Found

चैत २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार एकैपटक १६५ सडकको शिलान्यास गर्नुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको विशेष समारोह भर्चुअलमाध्यमबाट उहाँले हरेक निर्वाचन क्षेत्रमा एक ओटा सडक हुने गरी १६५ सडकको शिलान्यास गर्नुभएको हो । रू. ५७ अर्ब १० करोडको लागतमा तीन वर्षमा निर्माण गर्ने गरी ती सडक सम्पन्न गर्ने लक्ष्य लिइएको छ । 

१६५ निर्वाचन क्षेत्रमा एक/एक ओटा सडकको दरले शिलान्यास गरिएको हो । प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्रालय, विभाग र सरोकारवालालाई शिलन्यास गरेका सडकका काम ढिला नगर्नसमेत आग्रह गर्नुभयो । 

उहाँले आफू प्रधानमन्त्री भएदेखि अहिलेसम्म कालोपत्र सडक निर्माण र स्तरोन्नति सडक तीन हजार ५१२ किलोमिटर भएको जानकारी दिनुभयो । उहाँका अनुसार ६२८ ओटा सडक पुल (झोलुंगे) पुलबाहेक निर्माण भएका छन् । 

कार्यक्रममा यातायात तथा भौतिक पूर्वाधारमन्त्री वसन्त नेम्बाङले तीन वर्षमा तीन हजार ५१२ किलोमिटर छ लेनका सडक निर्माण भइरहेको जानकारी दिए । यस्तै तीन हजार ३०० किलोमिटर ग्राभेल सडक, एक हजार ६८६ किलोमिटर नयाँ ट्र्याकका सडक पनि निर्माणका क्रममा रहेको उनले जानकारी गराए । 

उनले पूर्वपश्चिम राजमार्गलाई चारदेखि ६ लेनसम्म विस्तार गर्न थालिएको बताए । उनका अनुसार प्रतिदिन ६ दशमलव ५ किलोमिटर बाटो निर्माण संघीय सरकारले गरिरहेको छ । समारोहमा सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यको समेत उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्