काठमाडौंको बालाजु बाईसधारा पार्कमा शनिवार अपरान्ह घुम्न आएका सर्वसाधारणहरु धाराको पानीमा रमाउँदै । मेलम्चीको पानी बालाजु आएसँगै अहिले २२ ओटै धाराबाट पानी छोडिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले बालाजुको ट्याङ्कीमा मेलम्चीको पानी हालेर बालाजु, नयाँबजार, सोह्रखुट्टे लगायतका क्षेत्रमा पानी वितरण गर्न शुरु गरेको छ । तस्वीर : प्रकाश केसी / आर्थिक अभियान