ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआईसी एशिया बैंकको क्यूआर कोड सेवा धरानको सब्जीमण्डीमा 

२०७७ चैत, २१  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २१, काठमाडौं । एनआईसी एशिया बैंकले धरानको सब्जीमण्डीमा क्यूआर कोड वितरण गरेको छ । धरान उपनगरपालिकामा अवस्थित भानु चोकमा रहेको सब्जीमण्डीमा सञ्चालनमा रहेका १०० भन्दा बढी तरकारी, फलफूल, कपडा लगायतका सामग्री खरीद गर्न सकिने पसलहरूमा क्यूआर कोड वितरण गरेको हो । 

उक्त क्यूआर कोडको वितरण नेपाल राष्ट्र बैंकको प्रदेश १ का निर्देशक सत्येन्द्र तिमिल्सिना, धरान उपमहानगरपालिका प्रमुख तिलक राईज्यू, धरान संयुक्त बजार एकता संघका अध्यक्ष राम कुमार दास र बैंकका प्रदेश १ र २ का डेपुटी प्रोभिन्सियल पर्फमेन्स एसोरेन्स इकोसिष्टम प्रकाशचन्द्र अधिकारीले एक कार्यक्रमका बीच संयुक्त रुपमा गरेका हुन् । 

बैंकको मोबाइल बैंकिङ, फोन–पे प्रणालीमा आबद्ध अन्य बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकका ग्राहकहरूले मोबाइल बैंकिङ एप/वालेटमार्फत बैंकले उपलब्ध गराएको क्यूआर कोडमा स्क्यान गरी रकम विक्रेतालाई भुक्तानी गर्न सक्नेछन् र सो रकम सम्बन्धित विक्रेताको बैंकमा रहेको खातामा जम्मा हुने व्यवस्था गरिएको छ । 

बैंकले निकट भविष्यमा सो क्षेत्रका यातायात, खाद्य स्टोर लगायत अन्य व्यवसायीक क्षेत्रहरूलाई समेत क्यूआर भुक्तानी प्रणालीमा समावेश गर्दै लैजाने लक्ष्य लिई डिजिटल कारोबारलाई द्रुत गतिमा अगाडी लैजानका लागि आवश्यक योजना अगाडी सारेको छ ।

बैंकले देशभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटिएम, ७५ ओटा विस्तारित काउण्टर एवम् ८० ओटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्