ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

अमेरिकाको रोजगारी सृजनामा वृद्धि 

२०७७ चैत, २१  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २१, वाशिङटन डीसी (अमेरिका) । गत महीना अमेरिकामा रोजगारी सृजना बढेको छ ।

खोप लगाउने क्रम जारी रहँदा अधिकारीहरुले प्रतिबन्ध खुकुलो बनाएपछि अर्थतन्त्रले थप रोजगारी सृजना गरेको हो । सो अवधिमा रोजगारदाताहरुले ९ लाख भन्दा धेरै कर्मचारीलाई काममा राखेका छन् ।

यो वृद्धि अगष्टयताकै उच्च हो ।  योसँगै बेरोजगारी दर पनि फेबु्रअरीको ६ दशमलव २ प्रतिशतबाट घटेर ६ प्रतिशतमा झरेको छ ।

समग्रमा रोजगारीको अवस्था भने कोभिड–१९ को महामारी शुरु हुनु पूर्वको अवस्थाभन्दा निकै तल छ । गत बसन्तयाममा महामारी नियन्त्रण गर्न व्यापक लकडाउनका कारण अमेरिकामा २ करोडभन्दा धेरैले रोजगारी गुमाएका थिए ।

गुमेको मध्ये आधाभन्दा धेरै रोजगारी फर्किसकेको भएपनि सन् २०२० को फेबु्रअरीको तुलनामा अझै पनि ८० लाख  कम रहेको अमेरिकी श्रम मन्त्रालयको भनाइ छ । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्