ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

टेस्लाको मोडल एस र एक्सको उत्पादन शून्य

२०७७ चैत, २१  
अन्तरराष्ट्रिय
Image Not Found

चैत २१, सन फ्रान्सिस्को (अमेरिका) । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्ला इंकले सन् २०२१ को पहिलो त्रैमासमा एउटै पनि मोडल एस र मोडल एक्सको उत्पादन गरेन । 

समीक्षा अवधिमा कम्पनीले कुल १ लाख ८० हजार ३३८ थान कार उत्पादन गरेको थियो । यसमा एउटा पनि मोडल एस र मोडल एक्स थिएनन् । 

कम्पनीले सो अवधिमा १ लाख ८४ हजार ८०० थान कार डेलिभर गरेको छ । यो विश्लेषकहरुले अनुमान गरेको भन्दा धेरै हो । यसले सन् २०२० को अन्तिम त्रैमासमा कायम भएको १ लाख ८० हजार ५७० थान डेलिभरीको कीर्तिमान पनि तोडेको छ  । 

समीक्षा उत्पादित सबै सवारी साधन मोडल एस र मोडल वाई हुन् । सो अवधिमा २ हजार २० थान मोडल एस र एक्स डेलिभर भने भएका छन् । यो कुल डेलिभरीको १ प्रतिशत मात्रै हो । एजेन्सी

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्