ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सबै प्रमुख भन्सारहरू सूचना सञ्जालमा

२०७७ चैत, २२  
१० वर्ष अघि
NA

देशका सबै प्रमुख भन्सार कार्यालयहरू सूचना सञ्जालमा जोडिँदै छन् । भन्सार विभागको केन्द्रीय सूचना सञ्जालसँग सबै भन्सार कार्यालयलाई जोड्ने तयारी पूरा भएको छ ।
भन्सार सुधार तथा आधुनिकीकरण शाखाका निर्देशक श्यामप्रसाद दाहालका अनुसार दुई वर्षभित्रमा देशका सबै भन्सार कार्यालयलाई वेबमा आधारित जाँच पास प्रक्रियामा लगिनेछ । आगामी तीन महिनामै सर्वसाधारण तथा सम्बन्धित सबैले वेबबाट भन्सार सेवा तथा महसुल सम्बन्धी जानकारी लिन सक्नेछन्,’ दाहाल बताउँछन् ।

निर्देशक दाहालका अनुसार शाखाले भन्सार सुधार तथा आधुनिकीकरणका लागि सातवटा मुख्य भन्सार कार्यालयहरूमा ब्रोकर मोडल लागू गरेको छ । ब्रोकर मोडल भन्सारका एजेन्टहरूले नै प्रज्ञापनपत्र कम्प्युटरमा प्रविष्ट गरेर त्यसैको आधारमा सामान जाँचबुझ गराउने पद्धति हो । यसले भन्सारमा जाँच पासको समय घटाएको दाहालको दाबी छ ।

ब्रोकर मोडल लागू भएका कार्यालयहरूमा त्रिभुवन विमानस्थल, वीरगञ्ज सुख्खा बन्दरगाह, मेची, विराटगनर, भैरहवा, तातोपानी, कृष्णनगर र नेपालगञ्ज भन्सार पर्छन् । त्यस्तै त्रिभुवन विमानस्थल, वीरगञ्ज सुख्खा बन्दरगाह र भैरहवासहित चारवटा कार्यालयमा सेलेक्टिभिटी मोडल छनोट प्रणाली लागू गरिएको छ । यो प्रणालीमा कम जोमिखयुक्त सामानका प्रज्ञापनपत्रमा जाँचकीले तोक लगाउँदैन । सामानधनीले सामानको परिमाण र मूल्य स्वयं घोषणा गर्न पाउँछ ।

निर्देशक दाहालले भन्सारको आधुनिकीकरणमा निजी क्षेत्रलाई समेृत सहभागी गराई कार्य गरिरहेको जानकारी दिए ।

अंक ४०, २०६७, जेठ २४–३०

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्