काठमाडौं (अस) । आउँदो चैत २७, २८ र २९ गते आयोजना गर्ने भनिएकोे चौथो नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी आगामी ०७८ साल भदौ ११ देखि १३ गतेसम्म हुने भएको छ ।
छिमेकी मुलुक भारतमा कोरोना संक्रमित संख्या बढ्ने क्रममा रहेकाले स्वास्थ्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको अनुरोधअनुसार प्रदर्शनीको मिति परिवर्तन गरिएको हो ।
प्रदर्शनीमा भाग लिन आउने स्वदेशी तथा विदेशी कम्पनी एवं देशका विभिन्न स्थानबाट अवलोकन गर्न आउनेलाई पर्न सक्ने स्वास्थ्य एवं आउजाउको समस्यालाई लक्षित गरेर समय परिवर्तन गरिएको आयोजकले बताएको छ ।