ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

गहुँ उत्पादनमा अग्रणी बन्दै सुन्दरीफाँटा

२०७७ चैत, २२  
सुदूरपश्चिम प्रदेश
Image Not Found

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटा गाउँ गहुँ खेतीका लागि उर्वर भूमिको रूपमा परिचित भएको छ । गहुँ खेतीका लागि किसानले आधुनिक यन्त्र, उपकरण, उन्नत जातको गहुँको बीउ र मलको प्रयोग गर्न थालेपछि प्रतिवर्ष उत्पादन बढ्दो छ ।     

कृषि ज्ञान केन्द्र कञ्चनपुरले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत चौधरी थारू गहुँ ब्लक समिति गठन गरेपछि यस क्षेत्रले गहुँ उत्पादनमा कोल्टे फेरेको छ ।     

विगतमा खानका लागि मुस्किलले पुग्ने जग्गामा हाल पर्याप्त गहुँ उत्पादन हुने गरेको छ । उपभोगका लागि घरमा राखेर किसानले गहुँ बेच्न समेत थालेका छन् । कृषि यन्त्र र उपकरणको प्रयोगले गहुँको उत्पादनमा वृद्धि भएको ब्लक समितिका संयोजक श्रीराम चौधरीले बताए । ‘गोरुको प्रयोगले गहुँ लगाउँदा खेतमा राम्ररी नउम्रने र माटोलाई मसिनो बनाउन नसक्दा समस्या हुन्थ्यो,’ उनले भने, ‘हाल गहुँ खेतीका लागि आधुनिक प्रविधिको प्रयोग गर्न थालेपछि उत्पादन बढेको छ । पहिला खानकै लागि ठिक्क हुने गहुँ बेचेर घर खर्च चलाउँदै आएका छौं ।’

कृषिमा आधुनिक यन्त्रको प्रयोग हुन थालेपछि ब्लकमै आबद्ध सविनादेवी चौधरी निकै खुशी देखिन्छिन् । ‘कार्यबोझ घटेको छ,’ उनले भनिन्, ‘बचेको समयमा तरकारी खेती गरेर अतिरिक्त आम्दानी हात पार्दै आएका छौं ।’     

विगतमा हलोको प्रयोग गरी खेत जात्ने कार्य गर्दा ठूलाठूला डल्ला आउने गरेको थियो । मेहनतका साथ फोड्नु पर्दथ्यो । पावर टिलरको सहायताले खेत जोत्ने भएकाले खेतमा डल्ला आउँदैन । परियोजना अन्तर्गत ब्लकमा आबद्ध किसानले तालीमसमेत पाएका छन् । रोग किराको निदान गर्न र माटो सुहाउँदो बीउको छनौट गर्न किसान सक्षम भएका छन् । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्