ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाल चेम्बर गल्फ उपाधि पूर्वसचिव कार्कीलाई

२०७७ चैत, २२  
बजार
Image Not Found

काठमाडौं (अस) । ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट २०२१’ को उपाधि पूर्वसचिव अर्जुनकुमार कार्कीले जितेका छन् । चेम्बरको ७० औं वार्षिकोत्सव अवसरमा आयोजना भएको नेपाल चेम्बर गल्फ टुर्नामेन्टको पहिलो संस्करणको उपाधि कार्कीले जितेका हुन् ।

रोयल नेपाल गल्फ क्लबमा शनिबार ४१ स्कोर कार्डसहित कार्कीले उपाधि जिते  हो । स्टेबल फोर्ड ३/४ ह्यान्डीक्याप फम्र्याटमा भएको प्रतियोगिताको पहिलो दिन शुक्रबार २३ स्कोर बनाएका कार्कीले दोस्रो दिन १८ स्कोर जोड्दै उपाधि जितेका हुन् । ३६ स्कोर बनाएका कृष्ण पुन काउन्ट ब्याकको आधारमा उपविजेता बने । महिलातर्फको उपाधि गीता गुरुङले जितिन् भने रेखा घिमिरे उपविजेता बनिन् । सिनियर पुरुषतर्फको उपाधि पूर्वसेनाप्रमुख गौरवशमशेर राणाले जिते  । सिनियर पुरुषतर्फ दिलीपजंग रायमाझी
उपविजेता बने ।

चेम्बरतर्फको उपाधि एसएसपी अशोक सिंहले जित्दा उपविजेता पवित्रकुमार कार्की भए । प्रतियोगितामा उत्कृष्ट ग्रस र मस्ट बर्डिजको उपाधि हृदेशकुमार सिंहले जिते । लंगेस्ट ड्राइभको उपाधि श्रीजय आचार्यले जित्दा क्लोजेस्ट टु पिनको उपाधि तेजबहादुर राईले जिते । विजेता तथा उपविजेतालाई राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेको चेम्बरले बताएको छ ।

नेपाल चेम्बर र रोयल नेपाल गल्फ क्लबको संयुक्त आयोजनामा भएको दुई दिने प्रतियोगितामा ८८ जना खेलाडी सहभागी थिए । नेपाल चेम्बर अफ कमर्स र रोयल नेपाल गल्फ क्लबबीच पाँच वर्षका लागि ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ आयोजना गर्ने समझदारी अनुसार प्रतियोगिताको पहिलो संस्करण सम्पन्न भएको हो ।

कार्यक्रममा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले आउँदा वर्षमा ‘नेपाल चेम्बर गल्फ टुर्नामेन्ट’ लाई अन्तर्राष्ट्रिय स्तरमा रुपान्तरण गरिने बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्