ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निजीक्षेत्रसँग सहकार्य भए मात्र समृद्धि : वरिष्ठ उपाध्यक्ष ढकाल

२०७७ चैत, २२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकार र निजी क्षेत्रबीचको सहकार्यले मुलुकमा छोटो समयमै समृद्धि हासिल हुने बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिलाई कार्यभार हस्तान्तरण कार्यक्रमलाई शुक्रबार वीरगञ्जमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले तीन वटै तहका सरकारले निजी क्षेत्रसँग सघन रूपमा सहकार्य गर्न आवश्यक रहेकामा जोड दिए । उनले प्रदेश २ मा लगानीको अवसर र वातावरण बन्दै गएकाले निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न प्रदेश सरकार र वीरगञ्ज उपमहानगरलाई आग्रह गरे ।

वीरगञ्जलगायत कतिपय स्थानीय तहका जनप्रतिनिधिको पृष्ठभूमि उद्योग व्यवसाय रहेको स्मरण गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले निजी क्षेत्रका समस्या बुझ्न सक्ने राजनीतिक नेतृत्व नै सफल हुने धारणा व्यक्त गरे ।

उद्योग वाणिज्य महासंघले भिजन पेपर २०३० ल्याउन लागेको र त्यसमा आउँदो १० वर्षभित्र २२ लाख नयाँ रोजगारी सिर्जना गर्दै अर्थतन्त्रको आकार १ सय खर्ब पु¥याउने लक्ष्य राखिएको जानकारी दिए । यसको कार्यान्वयनका लागि वीरगञ्ज उद्योग वाणिज्य संघजस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । व्यावसायिक मुद्दामा वीरगञ्ज उद्योग वाणिज्य संघले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको उनले बताए ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्