ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कोरोना संक्रमण बढ्दै छ, सतर्क बनौं

२०७७ चैत, २२  
पाठक विचार
NA

भारतमा एकै दिन ९० हजार जनतामा कोरोना संक्रमण पुष्टि भयो । नेपालमा पनि ओरालो लाग्दै गएको संक्रमणको संख्या पुनः उकालो लाग्न थालेको छ । १० हजारभन्दा बढी परीक्षण हुने गरेकोमा अहिले २/३ हजार मात्रै परीक्षण भइरहेको छ । तर पनि संख्या बढेको छ जसले यो भित्रभित्रै पैmलिन थालेको संकेत गर्छ ।

अहिले जति कोरोना परीक्षण भएको छ त्यो शंका लागेका व्यक्ति र विभिन्न उपचार गराउनुपर्ने व्यक्ति हुन् । सरकारले आमरूपमा परीक्षण गर्न छाडेको छ । बिस्तारै कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि पुनः सावधानी अपनाउन आग्रह गरेको छ । देशभर भीडभाड हुने कुनै गतिविधि नगर्न भन्दै सामाजिक÷भौतिक दूरी कायम राख्न, मास्कको अनिवार्य प्रयोग र साबुन पानीले हात धुन तथा स्यानिटाइजर प्रयोग गर्न अनुरोध गरेको हो ।

अहिले कोरोना भाइरस संक्रमणको जोखिमलाई बेवास्ता गर्दै हामी जसरी निर्धक्क हिडिरहेका छौं त्यसले जोखिम झनै बढाउन सक्छ । अहिले भोजभतेर र पार्टीहरू हुने गरेको छ जसमा मास्क नलगाउने र भीडभाड गर्ने गरिएको छ । भीडभाड हुने ठाउँमा गएको व्यक्तिहरू नै संक्रमणमा परेको पाइन्छ । छिटो पैmलने नयाँ खालको भाइरस आएको छ भन्ने विश्लेषण पनि पाइन्छ । यो भाइरस कति संक्रामक छ भन्न सकिने अवस्था नेपालमा छैन । अतः भोजभतेर, भीडभाड सकेसम्म नगरौं । जनस्वास्थ्यको मापदण्ड पालना गरौं ।

विनोद अधिकारी
शंखमूल, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्