ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्रचारको भोक कि काम पनि ?

२०७७ चैत, २२  
पाठक विचार
NA

देश विकासको सबैभन्दा प्रमुख पाटो सडक सञ्जाल हो । तर, नेपालमा सडक निर्माणको गति निकै सुस्त छ । जग्गा अधिग्रहणको विवाद र रूख कटानको स्वीकृतिको ढिलाइले कुनै पनि सडक आयोजना समयमा बन्न सकेका छैनन् । सडक महŒवपूर्ण पूर्वाधार हो । यही पूर्वाधारबाट नै विकासका अन्य गतिविधि सञ्चालन हुन्छन् । ८० ओटा राजमार्ग निर्माण, सञ्चालन, मर्मतसम्भार र व्यवस्थापन जिम्मा सरकारसँग रहेको छ । आर्थिक, सामाजिक जीवनस्तरमा वृद्धि गर्न सडक यातायात पहुँच पहिलो आवश्यकता भएकाले सरकारले प्राथमिकता दिनैपर्छ ।

शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रत्येक निर्वाचन क्षेत्रमा एउटा सडक सञ्चालन गर्नेगरी १६५ सडकको उद्घाटन गर्नुभएको छ । यो निकै राम्रो काम हो भन्ने लाग्छ । तर, सरकारको आयु अनिश्चित भएको र राजनीतिक अन्योल रहेकै बेलामा यस्तो उद्घाटन गर्नुले प्रचारबाजी गर्न खोजिएको देखिन्छ ।

यो योजनामार्पmत २ हजार २१० किलोमीटर सडक कालोपत्र स्तरमा निर्माण हुनेछ भने त्यसको लागत ५७ अर्ब १० करोड हुने अनुमान गरिएको छ । यो पक्कै पनि तत्कालै प्राप्त हुने लक्ष्य होइन । सरकारले दिगो विकासभन्दा पनि प्रचार र तत्कालीन राजनीतिक लाभ लिन यस्तो कार्यक्रम घोषणा गरेको हुन सक्छ । सत्तामा आएको ३ वर्षसम्म काम नगरेको वर्तमान सरकारले अहिले भटाभट नयाँ कार्यक्रमको शिलान्यास र उद्घाटन गरिरहेको छ । तर, तिनको प्रगति केकति भएको छ भन्ने अनुगमन भने गरेको छैन । त्यसैले यस्तो प्रचारबाजीको होडले विकास निर्माणमा थप अन्योल मात्रै थप्ने काम गर्ने देखिन्छ ।

शोभा खड्का
मैतीदेवी, काठमाडौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्