ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेको इन्स्योरेन्स कम्पनी : कम्पनी विश्लेषण (आइतवार, २२ चैत २०७७)

२०७७ चैत, २२  
लगानी कम्पनी विश्लेषण
Image Not Found

कम्पनीको शेयर मूल्य बिहिवार अघिल्लो कारोबार दिनको तुलनामा १९ रुपैयाँले वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता १ हजार ६८९ कायम भएको छ । बिहीबार कम्पनीको ६९ हजार ९०७ कित्ता शेयर खरिद बिक्री भएको हो ।

कम्पनीले गत वर्ष ८ दशमलव १६ प्रतिशत बोनस शेयर वितरण गरेको थियो भने यस वर्ष हालसम्म लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले चालू आवको दोस्रो त्रैमासमा रु. २६ करोड ४० लाख नाफा कमाएको छ ।

गत आवको दोस्रो त्रैमासमा कम्पनीले रु. १६ करोड ४७ लाख नाफा कमाएको थियो । चुक्ता पुँजी रु. १ अर्ब ३१ करोड ७४ लाख रहेको कम्पनीले जगेडा कोषमा रु. ६४ करोड ३२ लाख सञ्चित गरेको हो ।

निष्कर्ष
कम्पनीको ६१ दिनको कारोबार अवधिको अन्तिम दिनमा कालो ओपनिङ मारुबोजू बनेको छ । यस्तो आकृतिले बजारमा कम्पनीको शेयर मूल्य घट्दो प्रवृत्तिमा रहेको संकेत गर्छ । आरएसआई न्युट्रलजोन ५८ दशमलव १४ बिन्दुमा छ ।

यसले शेयर खरिद बिक्री चाप सन्तुलनमा रहेको देखाउँछ । कम्पनीको स्ट्यान्डर्ड डेभिएसन २६ दशमलव ६४ बिन्दुमा छ । उतारचढाव सामान्य रहेको देखाउँछ । यस्तो अवस्थामा जोखिम कम हुन्छ भने प्रतिफल पनि कम हुने गर्दछ ।

त्यस्तै, कम्पनीको मुभिङ एभरेज २६ दिने औसत मूल्यरेखा र १४ दिने औसत मूल्यरेखा एकअर्कामा टाढिएका छन् । हालको मूल्यरेखा यी दुवै मूल्यरेखाभन्दा माथि छ । बिहीबारको शेयर मूल्य रु. १ हजार ६८९ देखि बजारको अवस्था परिवर्तन भई मूल्य सस्तिए रु. १ हजार ६२१ मा टेवा पाउनेर महँगिए रु. १ हजार ७५९ मा प्रतिरोध
पाउने देखिन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्