चैत २२, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतवार कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।
नेप्सेले १० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. १ हजार २९१ तोकेको छ ।
कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात् बिहीवार कायम अन्तिम शेयरमूल्य रू. १ हजार ४२० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।
कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्न वैशाख ७ गते गते १०औं र ११औं वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले होटल टास्क इन्टरनेशनलको सभाहल, पोखरामा बिहान ८ बजे विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो ।
हाल कम्पनीको चुक्तापूँजी रू. २५ करोड २३ लाख ३० हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले बोनस शेयर वितरण गर्न लागेको हो ।