चैत २२, काठमाडौं । आराभा नेपाल मोर्डन एग्रिकल्चर कम्पनी लिमिटेडले तेस्रो र चौंथो वार्षिक साधारण सभा चैत ३१ गते बोलाएको छ ।
कम्पनीले सभा आफ्नै कार्यालय लमजुङ, दुराडाँडामा बिहान १० बजेका लागि बोलाएको हो । कम्पनीको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाले सञ्चालक समितिबाट प्रस्तुत गरिने आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ प्रतिवेदन माथि छलफल तथा पारित गर्ने, लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको भावी योजनामाथि छलफल तथा पारित गर्ने, कम्पनीको दायित्व/बैंक ऋण अनुमोदन गर्ने र विषयमा छलफल गर्नेछ ।