ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा लिलेन्द्र प्रधान विजयी

२०७७ चैत, २२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान विजयी भएका छन् ।

एशोसिएसनको ४२औं साधारणसभा तथा राष्ट्रिय सम्मेलनबाट प्रधान नेतृत्वको प्यानल नै निर्वाचित भएको हो ।

शनिवार राति सार्वजनिक भएको चुनावी नतिजाअनुसार महासचिवमा विश्व प्रसाद अर्याल, कोषाध्यक्षमा चतुर्भुज सरिया, सचिवमा हिमाल गैरे र सहसचिवमा श्याम बुढाथोकी विजयी भएका छन् ।

नयाँ नेतृत्वका लागि लिलेन्द्र प्रसाद प्रधान र नवीन श्रेष्ठ प्यानलसहित चुनावमा उत्रिएका थिए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्