चैत २२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइएमई जनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९७ प्रतिशतले वृद्धि भएको छ ।
यो समाचार तयार पार्दाको समय ११ : २० बजेसम्ममा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ३१३ पुगेको छ ।
कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरण पछि ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेसँगै शेयर मूल्यमा वृद्धि भएको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी वैशाख १२ गते साधारण सभा बोलाएको छ ।
उक्त अवधिसम्ममा मार्केट डेप्थमा कम्पनीको २ लाख ६९ हजार कित्ताभन्दा बढी खरीद माग रहेको छ । यसैगरी सोही अवधिसम्ममा किसान लघुवित्तको ९ दशमलव ७५ प्रतिशत र साञ्जेन जलविद्युत् कम्पनीको ९ दशमलव ६१ प्रतिशत मूल्य बढेको छ ।
उक्त अवधिसम्ममा किसान लघवित्तको प्रतिकित्ता रू. १८१ ले बढेर प्रतिकित्ता रू. २ हजार ३८ र साञ्जेन जलविद्युतको प्रतिकित्ता रू. ३७ ले बढेर अन्तिम मूल्य रू. ४२२ कायम भएको छ ।