चैत २२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक २० दशमलव ४८ अंकले बढेर २ हजार ६५२ दशमलव ३७ विन्दुमा पुगेको छ ।
२ हजार ६५८ दशमलव ३१ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा शून्य दशमलव ७८ प्रतिशतले बढेको हो ।
पहिलो घण्टाको अवधिमा १९५ ओटा कम्पनीको २३ हजार ४०० पटकको कारोबारमा ३४ लाख ५९ हजार २४७ कित्ता शेयरको रू. २ अर्ब ९ करोड ७३ लाख ७२ हजार बराबरको खरीदविक्री भएको छ ।
कारोबारको पहिलो घण्टामा वोमी लघुवित्त, जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त र साञ्जेन जलविद्युतको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
पहिलो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १० करोड ६९ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५८३ मा कारोबार भइरहेको छ ।