ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आधा दर्जनभन्दा बढी कम्पनीको शेयर मूल्य उच्च वृद्धि

२०७७ चैत, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सात ओटा कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ । 

सबैभन्दा बढी वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको हो । त्यसैगरी आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ९ दशमलव ९७ प्रतिशत, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ९५ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ९३ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी प्रडेन्सियल इन्स्योरेन्सको ९ दशमलव ९१ प्रतिशत, साञ्जेन जलविद्युत् कम्पनीको ९ दशमलव ८७ प्रतिशत र जनरल इन्स्योरेन्सको ९ दशमलव ८५ प्रतिशतका दरले वृद्धि भएको छ । 

ती सात ओटै कम्पनीको शेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले शेयर मूल्य बढेको हो । आइएमई जनरल इन्स्योरेन्स कम्पनीले ७ प्रतिशत बोनस शेयर वितरण पछि कायम हुने चुक्तापूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव गरेर साधारण सभा बोलाएसँगै शेयर मूल्य बढेको हो । 

त्यसैगरी वोमी लघुवित्त  र एनआईसी एशिया लघुवित्तको शेयर मूल्य मर्जर पछि कारोबारमा आएका कारण लगानीकर्ताको आकर्षण बढेको हो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्