ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

महशुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता उठाउँदै प्राधिकरण

२०७७ चैत, २२  
गण्डकी प्रदेश
Image Not Found

चैत २२, बागलुङ । नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले विद्युत् महशुल नबुझाउने ग्राहकको लाइन काटेर बक्यौता महशुल उठाउन थालेको छ ।

विद्युत् महसुल समयमा बुझाउन नआएका ग्राहकको लाइन काटेर वितरण केन्द्रले बक्यौता तिर्न ताकेता गरेको हो । गत फागुन मसान्तसम्म जिल्लाभर ४१७ ग्राहकको महशुल उठ्न बाँकी थियो ।

मिटर रिडिङ भएको ६० दिनदेखि दुई वर्षसम्म महशुल नतिरेका ग्राहकलाई कालो सूचीमा राखेर वितरण केन्द्रले लाइन काट्ने अभियान थालेको थियो । धमाधम लाइन काटिन थालेपछि महशुल तिर्न बाँकी रहेका ३८८ ग्राहकले महशुल बुझाएको वितरण केन्द्रका प्रमुख शिवनारायण गोशलीले बताए ।

व्यक्तिगत र व्यावसायिक प्रतिष्ठानमा बाँकी रहेको रू. ४० लाख ९९ हजार बक्यौता रकम उठेको गोशलीले बताए । लाइन काटिएकामध्ये २९ ग्राहकले अझै महशुल बुझाउन बाँकी छ । 

विद्युत् महशुल नियमावली २०७७ को विनियम ७ को उपनियम ३ बमोजिम ६० दिनसम्म महसुल बुझाउन नआउने ग्राहकको विद्युत् बिना जानकारी प्राधिकरणले काट्न पाउने व्यवस्था छ ।

लाइन काटिएपछि बक्यौता बुझाएका ग्राहकको घरमा पुनः विद्युत् जडान गरिएको उनले बताए । बक्यौता रकम समयमा असूल उपर गर्नका लागि प्राधिकरणले कडा कदम चाल्नु परेको उनको भनाइ छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्