चैत २२, काठमाडौं । आइतवार कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक १९ दशमलव ४० अंकले बढेर २ हजार ६५१ दशमलव २९ विन्दुमा पुगेको छ । यस अवधिमा परिसूचक शून्य दशमलव ७४ प्रतिशतले बढेको हो ।
दोस्रो घण्टाको अवधिमा २०५ ओटा कम्पनीको रू. ४ अर्ब ६४ करोड ३२ लाख २५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।
कारोबारको दोस्रो घण्टामा वोमी लघुवित्त, जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त, साञ्जेन जलविद्युत र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।
यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २० करोड ९८ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५८४ मा कारोबार भइरहेको छ ।
दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।