ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

साढे ६ करोडको कारोबार भएको बजारमा ७ ओटा कम्पनीको शेयरमूल्य ९% भन्दा बढीले वृद्धि (२ बजेको अपडेट)

२०७७ चैत, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । आइतवार कारोबारको तेस्रो घण्टामा नेप्से परिसूचक २३ दशमलव ६८ अंकले बढेर २ हजार ६५५ दशमलव ५८ विन्दुमा पुगेको छ । 

शून्य दशमलव ९० प्रतिशतले बढेको बजारमा २१० ओटा कम्पनीको रू. ६ अर्ब ४९ करोड ९५ लाख ७७ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारको तेस्रो घण्टामा वोमी लघुवित्त, जनरल इन्स्योरेन्स, आइएमई जनरल इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, साञ्जेन जलविद्युत् र रसुवागढी हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  

तेस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स तथा पर्यटन, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ । 

यस अवधिसम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. २९ करोड ७१ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. ५८३ मा कारोबार भइरहेको छ । 

कारोबार रकमकै आधारमा सर्वाधिक कारोबार हुने दोस्रो कम्पनीमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता रू. ८७० मा रू. २० करोड ६२ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्