ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

नेपाली पूँजीबजार कीर्तिमानी उचाईमा

२०७७ चैत, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । साताको पहिलो दिन आइतवार नेपाली पूँजीबजारले कीर्तिमानी उचाई कायम गरेको छ ।

यो समाचार तयार पार्दाको समय २ : २८ बजेसम्ममा नेप्से परिसूचक शून्य दशमलव ८० प्रतिशत अर्थात् २० दशमलव ९४ अंक बढेर २ हजार ६५२ दशमलव ८३ विन्दुमा पुगेको छ ।

 उक्त अवधिसम्मा व्यापार, होटल्स तथा टुरिजम, उत्पादन, म्युचुअल फण्ड र लगानी बाहेक अन्य समूहको सूचकहरु वृद्धि भएका छन् । उक्त अवधिसम्म २१० ओटा कम्पनीको रू. ७ अर्ब ३७ करोड ६० लाख ७९ हजार बराबरको शेयर कारोबार भएको छ ।

यसअघि गत फागुन ९ गते २ हजार ६४० को विन्दुमा पुगेर नेप्सेले कीर्तिमानी उचाई छोएको थियो । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्