ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

हालसम्मकै उच्च विन्दुमा नेप्से, ९ अर्बभन्दा बढीको शेयर कारोबार

२०७७ चैत, २२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । आइतवार नेप्से परिसूचकले हालसम्मकै उच्च विन्दु कायम गरेको छ । यसदिन परिसूचक शून्य दशमलव ९८ प्रतिशत बढेर २ हजार ६५७ दशमलव ६१ विन्दुमा पुगेको हो ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २५ दशमलव ७१ अंकले बढेको हो । यसअघि गत फागुन ९ गते नेप्से परिसूचक २ हजार ६४० दशमलव ३४ विन्दुमा पुगेको थियो । उक्त दिनको उच्च विन्दुलाई आइतवार नेप्सेले पार गरेको हो ।

उता, ठूला कम्पनीहरुको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ९३ अंक बढेर ४७० दशमलव ७५ विन्दुमा पुगेको छ ।

विगतका दिनमा रू. १० अर्ब ६१ करोडभन्दा बढीको शेयर कारोबार भएको नेप्सेमा पछिल्लो केहि समय कारोबार रकममा कमि आएको थियो । नेप्सेमा गत माघ माघ २६ गते हालसम्मकै सर्वाधिक रकमको कारोबार भएको हो ।

आइतवार २४ कारोबार दिनपछि नेप्सेमा ९ अर्बभन्दा बढीको शेयर कारोबार भएको हो । यो दिन २१२ ओटा कम्पनीको रू. ९ अर्ब ६८ लाख ५८ हजार बराबरको १ करोड ८१ लाख ७३ हजार ३७८ कित्ता शेयर कारोबार भएको हो । 

यसअघि गत फागुन ४ गते रू. १० अर्ब ३ करोड ५४ लाखभन्दा बढीको शेयर कारोबार भएको थियो । चैत २४ गतेदेखि पछिल्लो समय कारोबार रकम पनि बढ्दै गएको देखिन्छ ।

आइतवार सर्वाधिक रकमको शेयर कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । उक्त कम्पनीको रू. ४६ करोड ८१ लाख १० हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको उक्त कम्पनीको शेयरमूल्य भने २ दशमलव ३५ प्रतिशत घटेको छ । यो दिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम मूल्य रू. ५८१ कायम भएको हो ।

धितोपत्र दोस्रो बजारमा सर्वाधिक कित्ता शेयर सूचीकृत रहेको उक्त कम्पनीको शेयर बढेको बजारमा विक्री गर्नेहरु हाबी हुँदा मूल्यमा असर परेको देखिन्छ । 

आइतवार निर्जिवन बीमा समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् भने व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस दिन निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक ३ दशमलव ४१ प्रतिशत बढेको छ भने व्यापारिक समूहको सर्वाधिक ४ दशमलव ३९ प्रतिशत घटेको छ ।

व्यापारिक समूहसँगै यो दिन लगानी समूहको २ दशमलव ३५ प्रतिशत, होटल्स तथा पर्यटन समूहको शून्य दशमलव ८४ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ८६ प्रतिशत परिसूचक घटेको छ ।

यो दिन निर्जीवन बीमा समूहसँगै अन्य समूहको ३ दशमलव ४१ प्रतिशत, वित्त समूहको ३ दशमलव ६६ प्रतिशत, जलविद्युतको १ दशमलव ५ प्रतिशत, बैंकिङ्गको शून्य दशमलव ८१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८४ प्रतिशत, लघुवित्तको शून्य दशमलव ४७ प्रतिशत र जीवन बीमाको शून्य दशमलव ८९ प्रतिशत परिसूचक बढेको छ ।

नेप्सेले ऐतिहासिक विन्दु कायम गरेको दिन सात ओटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले बृद्धि भएको छ भने तीन कम्पनीको शयरमूल्य ४ प्रतिशतभन्दा बढीले घटेको छ ।

यो दिन साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य ४ दशमलव ६३ प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ४ दशमलव १३ प्रतिशत र जलविद्युत् लगानी तथा विकास कम्पनीको शेयरमूल्य ४ दशमलव शून्य ५ प्रतिशत घटेको छ । 

त्यस्तै यो दिन वोमी लघुवित्त र जनरल इन्स्योरेन्सको ९ दशमलव ९९ प्रतिशत, राधी विद्युतको ९ दशमलव ९८ प्रतिशत, आइएमई जनरल इन्स्योरेन्सको ९ दशमलव ९७ प्रतिशत, एनआईसी एशिया लघुवित्तको ९ दशमलव ९५ प्रतिशत, सानिमा जनरल इन्स्योरेन्सको ९ दशमलव ९३ प्रतिशत र साञ्जेन जलविद्युत् कम्पनीको ९ दशमलव ८७ प्रतिशत शेयरमूल्य बढेको हो ।
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्