ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

समृद्धि फाइनान्स र आइएमई मोटर्स बीच हलुका सवारी कर्जा सम्बन्धि सम्झौता

२०७७ चैत, २२  
बजार
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, काठमाडौं । समृद्धि फाइनान्स कम्पनी  र आइएमई मोटर्स बीच आइतवार अशोक लेल्याण्ड ब्राण्डका हलुका सवारी कर्जा सम्बन्धि सम्झौता भएको छ । 

सो सम्झौता अन्तर्गत उक्त कम्पनीबाट आइएमईका ग्राहकले सवारी साधनको मूल्यको ७० देखि ८० प्रतिशतसम्मको सवारी कर्जा लिन सक्नेछन् । कर्जा अवधि ५ देखि ७ वर्षको हुनेछ भने यो सुविधा कम्पनीको जुनसुकै शाखाहरुबाट पनि लिन सकिनेछ ।

आइएमई प्रधान कार्यालय पानीपोखरीमा भएको उक्त सम्झौतामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिकानिधि लोहनी र आइएमई मोटर्सकातर्फबाट सञ्चालक सुमन पोखरेलले हस्ताक्षर गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट “ग” बर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको उक्त कम्पनीले पाँच ओटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ । कम्पनीको आईपीएस, कनेक्टआईपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा रहेको छ ।

निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको उक्त कम्पनीले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्नवर्ग कर्जा, व्यावसायकर्जा, व्यक्तिगतकर्जा लगायतका कर्जा प्रवाह गरिरहेको छ ।

कम्पनीले निकट भविष्यमा डेविटकार्ड, मोबाइल बैंकिङ्ग, क्यूआर कोड, इन्टरनेट बैंकिङ्गलगायतको प्रविधमा आधारित भुक्तानी सेवा पनि सञ्चालनमा ल्याउन लागेको बताएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्