ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वीरगञ्ज उद्योग वाणिज्य संघले थाल्यो औद्योगिक कोरिडोर घोषणाको पहल 

२०७७ चैत, २२  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

चैत २२, वीरगञ्ज ।वीरगञ्ज उद्योग वाणिज्य संघले वीरगञ्ज–पथलैया क्षेत्रलाई औद्योगिक कोरिडोर घोषणा गर्न सरकारसित माग गरेको छ ।

संघका नवनिर्वाचित अध्यक्ष सुवोधकुमार गुप्ताले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाईलाई आइतवार पत्र लेखेर औद्योगिक कोरिडोर घोषणाको माग गरेका हुन् । 

पछिल्लो समय कोरिडोरमा सञ्चालित उद्योग र मानववस्ती बीच बढ्दो द्वन्द्वका कारण औद्योगिक वातावरण बिग्रिएको ठहर संघको छ । कोरिडोरका उद्योग र मानववस्ती बीच विवाद समाधानको दीर्घकालीन उपाय खोज्नुपर्ने अध्यक्ष गुप्ताले बताए । 

संघले वीरगञ्ज–पथलैयालाई औद्योगिक कोरिडोर घोषणाको माग गर्दै आए पनि सरकारले बेवास्ता गरेको उद्योगीहरूको गुनासो छ । ‘अब औद्योगिक कोरिडोर घोषणाको अभियानलाई अघि बढाइन्छ ।

यो अभियान निष्कर्षमा पुर्‍याएर उद्योग र मानव समुदायबीचको द्वन्द्वलाई सधैका निम्ति निकास दिनुको विकल्प छैन,’ संघमा अध्यक्षको पदवहाली गर्दै गुप्ताले भने । 

वीरगञ्ज–पथलैया क्षेत्रमा १ हजारभन्दा बढी साना/ ठूला उद्योग रहेको अनुमान छ । तीमध्ये केही ठूला उद्योगहरूले वातारवरण प्रदूषण गरेको भन्दै स्थानीयले बेलाबेलामा अवरोध गर्दै आएका छन् । उद्योग प्रशासन र स्थानीयबीच पटक- पटक सहमति भए पनि विवादले स्थायी निकास नपाएकाले औद्योगिक कोरिडोर घोषणाको पहल अघि बढाइएको संघले बताएको छ । 

कोरिडोर घोषणापछि यो क्षेत्रको मानववस्तीलाई उचित व्यवस्थापन गरिने र समस्याले निकास पाउने विश्वास उद्योगीहरूको छ । संघका कर्मचारीले नयाँ कार्य समितिका पदाधिकारीहरूलाई स्वागतसमेत गरेका थिए । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्